नेभिगेशन
विश्व

कयौँ बहुराष्ट्रिय कम्पनीले गरे रुसमा व्यवसाय बन्द

एजेन्सी । रुसमा सञ्चालनमा रहेका थुप्रै बहुराष्ट्रिय कम्पनीहरुले व्यवसाय बन्द गरेका छन् ।

युक्रेनमाथि आक्रमणको विरोध गर्दै उनीहरुले रुसमा हाललाई सञ्चालन रोकेका हुन्।

ती कम्पनीमा युनिलिभर, स्टारबक्स, कोकाकोला, पेप्सीको, म्याक्डोनल्ड्स लगायतका छन्।

सामाजिक सञ्जालमा रुसमा व्यवसाय बन्द गर्न दबाब खेपेसँगै कोकाकोलाले आफ्नो निर्णय सार्वजनिक गरेको हो । लगत्तै पेप्सीकोले पनि रुसमा बिक्रीबन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व