नेभिगेशन
अर्थतन्त्र विविध

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा लाख नाघ्यो  

काठमाडौं - आइतबार पनि नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाले बढेको छ । शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज  बढेर तोलाको १ लाख १ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि उच्च रहेको छ । आज चाँदीको मूल्य  तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरेको महासंघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थतन्त्र विविध