चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - एफए कप अन्तर्गत भएका दुई खेलमा चेल्सी र लिभरपुलले जित निकालेका छन् । निकै रोमान्चक बनेको खेलमा स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले जित निकाल्न सफल भएको हो ।

उक्त खृलमा चेल्सीले लुटन टाउनलाई ३-२ गोलले पराजित गर्न सफल भयो । खेलको दोस्रो मिनेटमै रिस ब्रुकले गरेको गोलले लुटनले अग्रता लियो ।

त्यसपछि २७औं मिनेटमा चेल्सीका साउल निग्वेजले गोल गरी बराबरी पुर्याए । त्यसपछि पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा ह्यारी कोर्निकले गोल गरे ।

त्यसपछि चेल्सीका टिमो वार्नेरले ६८औं मिनेटमा र त्यसको १० मिनेटपछि लुकाकुले गोल गरे । यससँगै चेल्सी फए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

त्यस्तै नर्विच सिटीमाथि २-१ को जितसहित लिभरपुल पनि एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।  २७औं मिनेटमा ताकुमी मिनामिनोले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२८
प्रतिक्रिया दिनुहोस्