आईसीसी टी-२० विश्वकप : सुखद् सुरुआतको दाउमा नेपाल

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - आईसीसी टी-२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिता अघि आजबाट सुरु हुने चारदेशीय शृंखला खेल्दैछ । 

शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । 

नेपाल  सहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आरल्याण्ड सम्मिलित शृंखला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ । 

ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादब, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन् । यस शृंखला पछि १४ सदस्यीय टोलीले बिश्वकपको ग्लोबल छनोट खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२९
प्रतिक्रिया दिनुहोस्