नेभिगेशन
सुरक्षा–अपराध

३८४ घन्टापछि पूरा हुनेछ आईजी थापाका दुई ‘मधुमास’

राम्रो कमाण्डरलाई थाहा हुन्छ कि कुनै पनि सैन्य अभियानको सफलतामा मनोबल प्रमुख हुन्छ, त्यसैले उनी सैनिकको उत्साह बढाउनेतर्फ ध्यान दिन्छन्। सम्भवतः उनका कार्यकालमा देखिएका प्रोत्साहन गर्ने परम्पराको गहिरो निरन्तरता एउटा उदाहरण नै थियो

केहीले प्रश्न उठाउन सक्छन्। केहीले आलोचना पनि गर्दा हुन्। आलोचनाबिहीन त यहाँ ढुङ्गा पनि हुन्न। मान्छे बाटोमा हिँड्दा आफ्ना गल्तीले ठेस लाग्दा ढुङ्गालाई गाली गर्छ।

खैर, छोटो अवधिको कमान्ड सकेर यो आलेख प्रकाशित भएको लगभग ३८४ घन्टापछि नेपाल प्रहरीका महानिरिक्षक (आईजी) दीपक थापाका दुई मधुमासको नेतृत्वकाल सकिनेछ। अरु अब्बल अधिकारी उक्त ठाउँमा पुग्नेछन्।

विवादरहित र मन्थनबिनाको उनले पाएको जिम्मेवारीमा कुनै पनि प्रकारका टिप्पणी र गलत परिचर्चा भएनन्। केही आन्दोलनका क्रममा भएका दिग्भ्रमित विषयबस्तुमा उनीमाथि प्रश्न उठे, सदनका समितिमा पुगेर उत्तर पनि दिइसकेका छन्।

कुनै बितण्डा र समाचारीय विषय बन्ने खालका हर्कत भएनन् संगठनभित्र। 

संगठनमा उनको स्वभाविक नियुक्तिले एउटा सरकारी प्रक्रियाको ढाँचा लियो, प्रहरी आफ्नै लयमा छँदै थियो। यद्यपि, राजनीतिक हस्तक्षेपको ठूलो भवितव्य भइरहने संगठनमा अस्वभाविक केही होला कि भन्ने पनि चर्चा थियो। आईजी थापाको नियुक्ति हुनासाथ सबै आशंका र उत्सुकताले अवतरण पाए तर त्यहिँबाट सुरु भएको थियो उनको मधुमासको समिक्षाको घडी, बाँकी उनको कार्यकाल कस्तो रहला भन्ने चियोचर्चो र चासो।

जस्तो शैली त्यस्तै काम भनेजस्तो अड्किएर रहेका केही सैद्धान्तिक, खासगरी प्रहरीको आगामी संरचनाका कतिपय विषयमा उनले निर्णय लिने अवसर पाए। प्रक्रियामा रहेको यो चिजलाई फत्ते गराए भन्दा स्वभाविक हुन्छ। 

अरुलाई के लाग्छ थाहा भएन, जहाँसम्म उनी मृदुभाषी लाग्छ, टिप्पणीकारलाई। कानुनका जानकार, शिक्षण पेशा पनि गरिसकेका थापाले एउटा विशाल संगठनको नेतृत्वलाई सामरिक र सामूहिक रुपमा कौशलताका साथ हाँक गरे।

सम्भवतः नेतृत्व पनि आफ्नै ब्याचमा रहेका एआईजी चन्द्रकुबेर खापुङलाई सुम्पिएर जान सक्लान्। यद्यपि यो मन्त्रिपरिषदको नियन्त्रणमा रहेको विषय रहेका कारण अर्का आईजी नियुक्ति नभएको खण्डमा भदौ १८ गते उनले एआईजी खापुङलाई नै निमित्त सुम्पनेछन्।

आईजी समानान्तर अधिकार र कल्याणकारी भावनाबाट प्रेरित थिए। उनी सहकर्मीलाई पनि संगठनभित्रका समान अधिकारका साथ अगाडि बढाउन चहान्थे, जुन नेतृत्व कालभरी गरे। सेवा निवृत्त हुने बेला समयको उत्तरार्धमा केही मानिसका कुत्सित मानसिकताले विवादमा ल्याउन खोजिए पनि त्यसलाई खण्डीकरण गरिसकिएको पाइयो।

संगठन प्रमुखको हिसाबले सबै विषयको जिम्मेवारी र जवाफदेहिता आफूमा नीहित हुन्छ। विवादमा नआउनका निम्ति जवाफदेहितालाई पाखा लगाउने, पन्छाउने काम गरेनन्। 

यसै पनि राजनीतिक हस्तक्षेपले थिलथिलो बनेको प्रहरीभित्र ‘ठूलो स्वतन्त्रता’को खोजी गर्ने प्रचलन छ। संगठनका आफूभन्दा जिम्मेवार अधिकारीको आदेश नमान्नका लागि बाह्य (राजनीतिक, प्रशासनिक या कुनै) सिफारिस गराउने प्रचलन छ। यो प्रभावशाली व्यवाहार हावी भइरहेका बेला ‘चेन अफ कमान्ड’सहित कल्याणकारी र अति लोकतान्त्रिक पद्दतीलाई पछ्याउनुले संगठनले कस्तो लय समात्ला भन्ने प्रश्न स्वभाविक हुन्छ। 

प्रहरी संगठनमा प्रधानमन्त्री कार्यालय, मुख्य नेताको सचिवालय, मन्त्रीहरू, पार्टीका नेता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, अदालत, पत्रकारलगायत अनेकको अतिरिक्त प्रभावले थोरैधेरै दबाब वा काम गरेकै छ। 

यी सबै पक्षसहितका विषयमा आफ्नो दुई मधुमासका समयलाई राम्रोसँग बिताएको देखियो।

आईजी थापामा एउटा राम्रो कमान्डरमा हुनुपर्ने गुण देखिएकै थिए।

बुद्धि, साहस र निस्वार्थ समर्पणका साथ नेतृत्व गर्छ। कर्तव्य र उद्देश्यको गहिरो भाव जागृत गराउँछन्।

राम्रो कमाण्डरले विपत्तिको अवस्थामा समेत साहस र दृढता देखाउँछन्, जसले सैनिकमा आत्मविश्वास भरिदिन्छ भने जसरी थापाको काम गराई अघि बढेको देखिएकै थियो। 

मजबुत नैतिक सिद्धान्त र सही गर्ने प्रतिबद्धता भएको कमाण्डरले मात्र सैनिकहरूको विश्वास र सम्मान कायम राख्न सक्छ। सम्भवतः यसमा पनि थापाको कमजोरी देखिएन। किनभने एआईजी रहेका बेला उपत्यका प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को जिम्मेवारी हुँदै राज्यले प्रहरी प्रमुखमा पनि पत्याउनु चानचुने कुरो थिएन, होइन।

योजनाबद्ध ढंगले सोच्ने र परिस्थितिअनुसार अनुकूलन गर्न सक्ने क्षमता विजय दिलाउन र क्षति न्यून गर्न अत्यावश्यक हुन्छ। यसमा पनि थापा नतिजामुखि ने देखिए।

राम्रो कमाण्डरलाई थाहा हुन्छ कि कुनै पनि सैन्य अभियानको सफलतामा मनोबल प्रमुख हुन्छ, त्यसैले उनी सैनिकको उत्साह बढाउनेतर्फ ध्यान दिन्छन्। सम्भवतः उनका कार्यकालमा देखिएका प्रोत्साहन गर्ने परम्पराको गहिरो निरन्तरता एउटा उदाहरण नै थियो।

सिपाहीको कठिनाइमा सहभागी हुने, अगाडिबाट नेतृत्व गर्ने कमाण्डरले मात्र आफ्ना सैनिकको वास्तविक सम्मान र निष्ठा पाउँछन्। सायद उनको खेदो नै खन्ने राजनीतिक प्राणीभन्दा बाहेकले आलोचना गरेको पाइन्न।

सर्वेन्द्र खनाल आईजी हुँदा भन्ने गर्थे, प्रहरी नेतृत्व संगठनको आईजी मात्र होइन, उ प्रहरीको नेता पनि हो। उसले समन्वय गर्नुपर्छ। र, भनिन्छ पनि ‘साँचो नेतासँग एक्लै उभिने आत्मविश्वास हुन्छ, कठिन निर्णय गर्ने साहस हुन्छ, र अरूको आवश्यकता सुन्ने करुणा हुन्छ।’

सम्भवतः आईजी थापाले पनि यो लयको लिकबाट अलग रहने कोशिश गरेनन्।

जे जसो भए पनि ८० हजारको प्रहरी संगठनमा प्रमुख त एक जना मात्रै हुने हो। त्यो ठाउँमा पुगेपछि गनिने उनको सेवाअवधि पनि एक हो। तर, प्रभावी हो या होइन भन्ने देखिने टाकुरालाई हेरेर नै भन्ने परम्परा छ। 

यद्यपि त्यस विन्दुमा उभिनका लागि २९ बर्ष आसपासमा गरेको सेवाको ट्रयाक रेकर्ड पनि त केही हो। यसर्थ, एउटा आम साधारणको नजरमा केही छिटपुटबाहेकलाई कटाउने हो भने आईजी थापा एक ‘गज्जब’का प्रमुखचाहिँ देखिएकै हुन्, देखिएकै छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

राजु गोर्खाली पक्राउ

रविलाई नख्खु जेल छिराइयो