नेभिगेशन
समाज विविध

कृषि मल व्यवस्थापनबारे तीन दिनभित्र ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरवारमा कृषि र उद्योग मन्त्रीसहित सम्बद्ध अधिकारीहरूसँगको छलफलपछि तीन बुँदे निर्देशन दिएका हुन् ।

उनले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिए।

साथै कम्पोष्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन समेत प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

यस्तै माटोको उर्वरा बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनसमेत प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध