नेभिगेशन
सुरक्षा–अपराध

राजु गोर्खाली पक्राउ

काठमाडौं– पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेका तर आपराधिक पृष्ठभूमीका राजु गोर्खालीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

उनी पक्राउ गरिनुको कारण १० करोडको चेक बाउन्सको मुद्दा हो। जिल्ला प्रहरी परिसरको हिरासतमा उनलाई राखिएको छ।

उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ। प्रहरीले उनीमाथि बैंकिङ कसुरको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिरहेको जनाएको छ। 

गोर्खाली यसअघि पनि १० वर्ष कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन्। ०५८ सालमा काठमाडौँको सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बूको हत्या अभियोगमा उनी दोषी ठहर भएका थिए। 

उनैले प्रहार गरेको तरबारले लागेर लिम्बूको ज्यान गएको थियो।

त्यसबाहेक पनि उनी विभिन्न कसुरमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रविलाई नख्खु जेल छिराइयो