नेभिगेशन
सुरक्षा–अपराध

पटके गुन्डालाई प्रहरीले समात्यो, अदालतले धरौटीमा छाड्छः सानुभाई र अरु पनि छुटेछन्

काठमाडौं– प्रहरीले पटक–पटक गुन्डागर्दीमा संलग्न रहेको सानुभाई भनिने युवराज गुरुङलाई पक्राउ गरी कानुनी दायरामा ल्याए पनि अदालतले धरौटीमा रिहा गरेको छ।

कुमार घैंटे समूहबाट प्रतिनिधित्व गर्ने सानुभाई विभिन्न पटक फरक फरक आक्रमणका कारण पक्राउ गरिएका पात्र हुन्। 

दलीय आवरणमा गुण्डागर्दीमा संलग्न चार जनालाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा रिहा गरेको हो।

ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गर्ने सानुभाइ भनिने युवराज गुरुङ, ओम्नियाका सञ्चालक गुरुङ र उनको योजनामा सानुभाइमाथि आक्रमण गर्न गएका रवीन्द्र गुरुङ र दीलबहादुर तुम्बापो धरौटीमा रिहा गर्न अदालतले आदेश दियो।

सानुभाइलाई २५ हजार र ओम्नियाका सञ्चालक गुरुङलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको हो। रवीन्द्र र दीलबहादुर पनि २०–२० हजार धरौटीमा रिहा भएका छन्।

साउन १४ गते राति ठमेलको नगरकोट दोहोरी साँझमा सानुभाइ गएको सूचना पाएपछि ओम्नियाका सञ्चलक गुरुङले रवीन्द्र र दीलबहादुरलाई हातपात गर्न पठाएको अनुसन्धानका क्रममा खुलेको थियो। 

नुवाकोट, ककनी गाउँपालिका( ५ का सानुभाइ र सोही जिल्लावासी ओम्नियाका सञ्चालक गुरुङ नेपाली कांग्रेसका कार्यकर्ता हुन्। उनीहरु तरुण दलमा आवद्ध रहेको बताइन्छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध