काठमाडौं– बिबाहेत्तर अर्थात् बिहेपछि तेस्रो मानिससँगको चक्करले नेपालमा पनि हत्याका श्रृङ्खला ब्यापक भएका थिए।
तिम ध्य काठमाडौंको बिजयचोकको लजको एउटा र अर्को कञ्चनपुरको घटनाचाहिँ अलिक फरक प्रकृतिका रहेको पाइएको थियो।
काठमाडौँको एक होटलमा २०८०, माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमीला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले पुष्टि गरेको थियो।
माघ २७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशाला बिजय चोकस्थित एक होटलमा प्रमीला दमाईको शव फेला परेको थियो।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैद्येश्वर गाउँपालिका–७ भई अहिले काठमाडौँ डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँ महानगरपालिका ९ भीमसेनगोलामा मृतक पति नसे दमाईंसँग डेरा गर्दै बस्दै आएका थिए।
प्रमीला र कुमारबिच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो। दुवै विवाहित रहेको प्रहरीले बताएको थियो।
सिरहा–धनुषा होटल एण्ड लजमा भएको घटना थियो। जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भई अहिले काठमाडौँ महानगरपालिका ९ भीमसेनगोलामा पति नसे दमाईंसँग डेरा गर्दै बस्दै आएकी थिइन् प्रमीला।
प्रहरीले प्रतिवादी बनाएका दोलखा वैद्येश्वर गाउँपालिका–७ भई काठमाडौँ डेरा गरी बस्थे कुमार श्रेष्ठ। दोलखाबाट मेरो साथी भन्ने रेडियो कार्यक्रमबाट दुवै जनाको भेट भएको थियो।
प्रमीलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। उनले सम्झाउन र फकाउनका लागि गौशालाको होटलमा बस्न प्रस्ताव गरेका थिए। त्यहाँ बसेपछि सोही विषयमा दुवैबीच विवाद भएको थियो।
विवादपछि कुमारले प्रमिलाको हत्या गरी फरार भएको खुलेको थियो।
उता, कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाई सिगलपट्टीका ४९ वर्षीय रामरेसर राना कृषि गर्थे। उनी काम गर्न भारत आउजाउ पनि गरिरहन्थे। गत वैशाख पहिलो साता भारतको चम्पावतबाट घर फर्किए। उनको घरमा श्रीमती, २ छोरा र एक छोरी छन्।
१६ वैशाखको बेलुकी उनले घरमा खाना खाएपछि साइकल लिएर निस्किए। राति घर नफर्किएका रामरेसर अर्को दिन बिहानै घरनजिकै सडक किनारमा मृत फेला परे। घटनास्थलमै उनको साइकल पनि थियो। रामरेसर माथिल्लो शरीरको कपडा थिएन।
घटनाको सुक्ष्म अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले रामरेसरको हत्या भएको निष्कर्ष निकाल्यो। घटनामा ३ जनाको संलग्नता रहेको अनुसन्धानले देखाएको छ। बेलौरी नगरपालिका–४ का पुन्ना राना, लालझाडी गाउँपालिका–४ की माया चौधरी र मानमती चौधरीको घटनामा संलग्नता देखिएको प्रहरीको भनाई छ।
विवाहेतर सम्बन्धका कारण उत्पन्न विवादपछि हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीले बताए।
उनका अनुसार पुन्ना ट्रयाक्टरमा मजदुरी काम गर्थे। उनको माया र मानमतीसँग भेटघाट र निरन्तर सम्पर्क पनि हुने गथ्र्यो। पुन्नाको मायासँग ०८१ मंसिरतिर चिनजान भएको थियो। मानमतीसँग ०८१ चैतमा बेलौरीको मैनाहमा भेट भएको थियो। त्यसपछि पुन्नाले आफ्नै नामको सीम कार्ड मानमतीलाई दिएका थिए।
माया र मानमती छिमेकी पनि हुन्। गत वैशाख १२ गते साँझ पुन्ना मायाको घरमा जान्छन्। केही समयमा भेटघाट गरी उनी फिर्ता हुन्छन्। फेरि वैशाख १६ गते पनि उनले बेलौरीमै रक्सी सेवन गरे। त्यसपछि अटो चढेर उनी राति साढे ९ बजे मानमतीको घर पुगे। केहीसमय भेटघाटपछि नजिकै रहेको मायाको घर गए, पुन्ना।
मायाका पति घरमा थिएनन्। श्रीमान् कामको शिलशिलामा दीपायल थिए। बच्चाहरु सुतिसकेका थिए। पुन्ना र माया एउटै कोठामा थिए। केही समयपछि मायाको घरको ढोकामा बाहिरबाट कसैले ढक ढक गर्छ। मायाले ढोका खोलेर हेर्दा त्यहाँ रामरेसर हुन्छन्।
मायाको कोठामा अर्कै लोग्नेमान्छे देखेपछि रामरेसनले विवाद गर्छन्। उनीहरूबीचको विवाद कुटाकुटमा परिणत हुन्छ।
माया र रामरेसरबीच आँगनमा झगडा भइरहेको थियो। माया चिच्याएपछि पुन्ना पनि कोठा बाहिर आए।
रामरेसरले पनि रक्सी सेवन गरेका थिए। पुन्ना र रामरेसरबीच पनि कुटाकुट हुन्छ। पुन्नाले बाँसको चिर्पटले रामरेसरको टाउकोमा हिर्काएपछि उनी ढले। त्यसपछि मानमती पनि घटनास्थलमा आएर शव व्यवस्थापन गर्न सघाइन्।
तीनै जना मिलेर प्लाष्टिकमा रानाको शव बेरेर उनको घर नजिकै लगेर फाले। सँगै उनले चलाउने साइकल पनि फालेर पुन्ना, माया र मानमती घरतिर लागे।
प्रहरीले शंकास्पदसँगको सोधपुछ तथा प्राविधिक पाटो केलाएर घटनालाई निष्कर्षमा पुराएको थियो। मृतकका आफन्तले असार ३ गते उनीहरू तीनै जनाको नाममा किटानी जाहेरी दिएका थिए।
प्रहरीले असार २० गते अनुसन्धानसहित जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल बुझायो।
जिल्ला अदालत कञ्चनपुरले असार २६ मा प्रतिवादी पुन्नालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको छ। यस्तै, प्रतिवादीहरु माया र मानमतीलाई जनही एक लाख धरौटीमा छोड्न आदेश गरेको थियो। तर उनीहरू पनि धरौटी तिर्न नसकेपछि कारागार चलान भएका थिए।
यी दुई घटनाले समाजमा विवाहेत्तर सम्बन्धले हत्याको श्रृङ्खला र अपराध बढाइरहेको उदाहरणका रुपमा बुझ्न सकिन्छ।