नेभिगेशन
सुरक्षा–अपराध

चक्रे मिलनलाई फेरि प्रहरी हिरासतमा पठाइयो

काठमाडौँ- जिल्ला अदालतमा थुनछेक बहसको पालो नआएपछि गुण्डा नाइके चक्रे मिलन फेरि प्रहरी हिरासतमा पठाइएका छन् ।

अभद्र व्यवहार मुद्दामा काठमाडौँ जिल्ला अदालतले बुधबार ३० हजार धरौटीमा रिहा गरे लगत्तै उनलाई कुटपिटसम्बन्धी मुद्दाको अनुसन्धानका लागि भक्तपुर पठाइएको थियो ।

थिमीस्थित प्रहरी वृत्तमा राखिएका उनलाई आज बिहानै बयानका निम्ति व्यासीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको थियो ।

बयान सकिए पनि अदालतमा पेश गर्न समय नपुगेका कारण पुनः हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध