नेभिगेशन
सुरक्षा–अपराध

झन्डै ११५ किलो बुद्धचित्त र १२ लाख रकम लिएर ठमेलमा डुलिरहेका थिए दुई चिनियाँ, प्रहरीले पक्रियो

काठमाडौं– ११५ किलो जति बुद्धचित्तका माला र स्रोत नखुलेको १२ लाख रकमसहित ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ११५.६५ केजी बुद्धचित्त माला र १२ लाख ७० हजार नगद जफत गरिएका चिनियाँ नागरिकसँग ३ वटा मोबाइल फोन र २ वटा राहदानी थियो।

पक्राउ गरिएकाहरुबारे जानकारी र सामानका विषयमा पनि अनुसन्धान जारी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध