नेभिगेशन
सुरक्षा–अपराध

न्यौपानको इजलासमा चक्रे मिलनको बयान

काठमाडौं– गुन्डा नाइके भनेर चिनिने मिलन गुरुङ (चक्रे मिलन)को बयान जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा परेको छ।

काठमाडौं प्रहरीले पक्राउ गरी अभद्र व्यवाहारको मुद्दा चलाएपछि उनलाई भक्तपुरको पनि मुद्दा थपिएको थियो।

शुक्रबार न्यायाधीश न्यौपानेको इजलासमा चक्रे मिलनको थुनछेक बयान तय भयो। सरकारी वकिलको कार्यालय भक्तपुरले ज्यान मार्ने उद्योग कसुरमा उनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

उनीमाथि भक्तपुरमा मनिष रायमाझी भन्ने व्यक्तिमाथि खुकुरी प्रहार गर्न लगाएको आरोप छ। सरकारी वकिलको कार्यालयमा चक्रे मिलनले भने मनिष रायमाझीलाई नचिन्ने बयान दिएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध