नेभिगेशन
सुरक्षा–अपराध

अखिल विश्व हिन्दू महासभा अध्यक्षको त्यो हत्या प्रकरण जहाँ दोस्री पत्नी स्मृती र दीपेन्द्र जोडिए 

काठमाडौं– अखिल भारतीय विश्व हिन्दू महासभाका अध्यक्ष रन्जित बच्चनको हत्या प्रकरणले भारतमा मात्र होइन हिन्दूत्व मान्नेहरुमा नै भयानक चर्चाको विषय बन्यो। 

यो हत्या प्रकरण धार्मिक हो या अरु कुनै भन्ने विषयको जोखिम थियो। दिन दहाडै भएको हत्याको भित्री कारण के थियो? कस्ता कस्ता अनुसन्धान भए र निचोड के निस्किएको थियो?

लखनऊमा भएको यो हत्याकाण्डमा संलग्न संदीग्धको खोजीका लागि प्रहरीले आम मानिसलाई ५० हजार रुपैंया दिने र सुराक गोप्य राख्ने पुरस्कारबाट सुरु भयो।

२ फेब्रुअरी २०२० मा यो एक राजनीतिक रूपमा संवेदनशील र संदेहपूर्ण घटनाका रूपमा व्याख्या भएको थियो, सुरुमा।

बिहान ग्लोब पार्क नजिकै हिँडिरहेको बेला अज्ञात व्यक्तिले उनलाई गोली हानेर हत्या गरे, जसमा उनका भाई आदित्य पनि घाइते भएका थिए। 
उनको बायाँ हातमा गोली लागेको थियो।

घटना अनुसन्धानका लागि स्पेशियल टास्क फोर्स, क्राइम ब्रान्च र स्थानीय प्रहरीले आठ जनाका टोली बनाएर व्यापक अनुसन्धान थालेको थियो।

प्रहरीले निलम्बन गरिएका चार अधिकारीहरू (प्रहरी चौकी प्रभारी र पीआरवीका कर्मीहरू) माथि पनि कारबाही गरियो। 

आरोपीको पहचान गर्न सीसीटीभी फुटेज, मोबाइल डाटा, सम्बन्धित व्यक्ति विवरण पनि जुटाइयो।  

लक्जमेन्ट, लेनदेन, व्यक्तिगत झगडा र राजनीतिक दुश्मनीलगायत विभिन्न अनुमानहरू प्रहरीको अनुसन्धानको विषय बनेका थिए। 

जाँचको क्रममा लखनऊले गोरखपुरमा रहेका एक प्रोपर्टी डीलरसँग पनि सम्बन्ध पत्ता लाग्यो। बच्चनसँग लेनदेनको विवाद भएको आशंका पनि गरिएको थियो। 

सबै अनुमान फेल भएपछि वास्तविक कारणतिर प्रहरी पुगिरहेको थिएन। तर प्रहरीले शंकाका सबै सम्भावनालाई खुला राखेको थियो। 

सबैभन्दा व्यंग्यात्मक तथ्य भनेको रणजीत बच्चनको दोस्रो पत्नी स्मृति श्रीवास्तव र उनको प्रेमी दीपेन्द्रले हत्या योजना बनाएकोतिर पनि प्रहरीको अनुसन्धान जारी थियो।

आखिर प्रहरी सोही निचोडमा पुग्यो। स्मृति र दीपेन्द्रले विवाह गरेर नयाँ जीवनको योजना बनाइरहेका थिए। तर बच्चनले उनलाई डिभोर्स नदिएर अदालती प्रक्रिया टार्दै राखेका कारण त्यो जोडी चिढिएको थियो।

यसक्रममा विवाद निक्कै बढिरहेको थियो। यहाँसम्मकी यो विवादले उग्र रुप लिँदा १७ जनवरी २०२० मा हिन्दस्वादी नेता बच्चनले पत्नी स्मृतिमाथि ‘थप्पड़’ हानेका थिए। 

यहि प्रतिशोध नै हत्याको प्रमुख कारण बनेको थियो।

१ फेब्रुअरी राति दीपेन्द्र, संजीत गौतम (ड्राइभर) र एक साथी, जीतेन्द्र, रायबरेलीबाट लखनऊतर्फ सडक मार्गमा थिए। 

२ फेब्रुअरी बिहान हजरतगंजमा जीतेन्द्रले बच्चनलाई ग्लोब पार्क नजिकै गोली हानेर हत्या गरिदिए। 

संजीतले शूटरलाई सम्बन्धित स्थानमा छोडेको प्रहरी अनुसन्धानमा पुष्टि भएको थियो। स्मृति, दीपेन्द्र र संजीतलाई पक्राउ गरेपछि प्रहरीको अनुसन्धानले निचोड लियो। तर, मुख्य शूटर जीतेन्द्र त्यसबेलासम्म पनि फरार थिए। 

‘हत्यामा संलग्न व्यक्तिहरूमा स्मृति श्रीवास्तव (दोस्रो पत्नी), उनका साथी दीपेन्द्र, संजीत गौतम (चालक) र जितेन्द्र (गोली चलाउने) छन्। दीपेन्द्र नै सबैलाई अपराध गर्न मनाउने व्यक्ति थिए। स्मृति सम्पूर्ण षड्यन्त्रको हिस्सा थिइन्। हामीले लखनऊबाट संजीत गौतमलाई पक्राउ गर्यौं, दीपेन्द्रलाई यूपी–एमपी सीमाबाट पक्राउ गरिएको छ र स्मृतिलाई पनि विकासनगर (लखनऊ) बाट पक्राउ गरिएको छ’, अनुसन्धान अधिकारीले भनेका थिए। 

घटनाको विवरण दिँदै ति अधिकारीले भनेका थिए,‘तीन जना (दीपेन्द्र, संजीत र जितेन्द्र) बिहान २.३० बजे (फेब्रुअरी १ र २ को मध्यरातमा) रायबरेलीबाट सरेका थिए। फेब्रुअरी २ मा, दीपेन्द्रलाई हजरतगंज क्रसिङमा छोडिएको थियो, गोली चलाउनेलाई क्यापिटल सिनेमा हल क्रसिङ नजिकै छोडिएको थियो। बिहान ५.४० बजे, रंजित बच्चन, कालिंदी र आदित्य बिहानको पैदल यात्राको लागि आफ्नो घरबाट निस्केका थिए। बन्दुकधारीले हजरतगंजमा उनीहरूको पछि लागे र ग्लोब पार्क बाहिर उनीहरूमाथि आक्रमण गरे।’

यहाँ नाम लिएकी कालिंदी हिन्दूवादी नेता बच्चनकी पहिलो पत्नी हुन्।

प्रहरीले भनेको थियो कि एउटा गाडी रेकीको लागि र अर्को गाडी अपराध गरेपछि भाग्नको लागि प्रयोग गरिएको थियो।

विशिष्ट जानकारीको आधारमा, उत्तर प्रदेशको एसटीएफ राति मुम्बई पुगेको थियो र मुम्बईमा रहेका आफ्ना समकक्षीहरूको सहयोगमा बिहीबार जितेन्द्रलाई पनि पक्राउ गरी ल्याउन सफल भयो। 

लखनऊका प्रहरी आयुक्तले भनेका थिए,‘जब हामीले रञ्जित बच्चनको परिवारको बारेमा सोधपुछ गर्यौं, तब हामीले थाहा पायौं कि उनका दुई पत्नी छन्। उनी आफ्नी पहिलो पत्नीसँग लखनऊको ओसीआर कम्प्लेक्समा बस्दै आएका थिए। उनीविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको थियो।’

यो हत्या व्यक्तिगत, घरेलु विवादको परिणति थियो, जसमा डिभोर्ससम्बन्धी झगडा, आक्रोश र सम्बन्ध विच्छेदको आकांक्षा मुख्य भूमिका खेल्यो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध