नेभिगेशन
सुरक्षा–अपराध

पर्सा कारागारमा ज्यान मार्ने उद्योगमा परेका कैदीको मृत्यु

वीरगञ्ज– पर्सा जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा परेका एक दना कैदीको मृत्यु भएको छ। 

२५ बर्ष जेल सजाय तोकिएका २८ वर्षीय राहुल साह एक्कासी लडेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए। तत्कालै उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो। तर, उनको अस्पतालमा मृत्यु भयो। 

अहिले मृतकका आफन्तसँग सो बारेमा छलफल भइरहेको छ। आफन्तले भने विभिन्न आरोप लगाउँदै आएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध