नेभिगेशन
सुरक्षा–अपराध

क्षेत्रीय कारागार झुम्काबाट एक जना कैदी फरार, बलात्कारको सजाय काटिरहेका थिए

इटहरी– क्षेत्रीय कारागार झुम्का सुनसरीबाट एक जना बलात्कारको सजाय काटीरहेका कैदी मंगलबार राति फरार भएका छन्।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेको प्रशासनले जनाएको छ।

कारागारको ‘बी’ ब्लकमा रहेका उनी पर्खाल नाघेर फरार भएका हुन्। सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।  उनी २०८१ साउन २१ गतेदेखि  कारागारमा थिए।

घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

सुनसरी प्रहरीले फरार कैदीको खोजी तिव्र पारेको छ भने समन्वयका लागि सबैतिर सूचना जारी गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध