नेभिगेशन
सुरक्षा–अपराध

सिन्धुपाल्चोक प्रहरीका डीएसपी र इन्स्पेक्टरलाई कुटेछन्, बर्खास्त गरियो तर भान्सेले लगाए यस्तो अभियोग

काठमाडौं– जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक (डीएसपी) माधवराज खरेल र निरिक्षक (इन्स्पेक्टर) रुपेश शाहलाई कुटपिट गरेको भनी भान्सेका रुपमा कार्यरत शंकर कार्कीलाई बर्खास्त गरिएको छ।

तर भान्से कार्कीले भने डीएसपी खरेल र इन्स्पेक्टर शाहले नै कुटपिट गरेको आरोप लगाएका छन्। यति मात्र होइन, बासी भात खुवाएको भनेर कुटपिट गरी कामबाट निकालेको कार्कीको आरोप छ।

हेटौडा रातमाटेमा दरबन्दी रहेको कार्यालय सहयोगी कार्की साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा काज आएका थिए। 

डीएसपीको भान्से बसेका कार्कीलाई  साउन २२ गते दिउँसो आफू बाहुनको छोरा भए पनि बासी भात खुवाएको भन्दै निर्घात कुटपिट गरेको आरोप कार्कीले लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख उपरिक्षक एसपी रामेश्वर कार्की भने डिएसपी र इन्स्पेक्टरलाई भान्से कार्कीले कुटेपछि आफूहरूले विभागीय कारबाही गरेको बताएका विवरण आएका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध