नेभिगेशन
सुरक्षा–अपराध

सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

काठमाडौँ । सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा मदिरा भारत तस्करी गर्ने समूह र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।

मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको बुझिएको छ।

प्रहरीले चलाएको गोली लागेर घाइते यादवको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । प्रहरीका अनुसार तिघ्रामा गोली लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । 

तस्कर समूहको ढुंगामुढाले एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीले गोली चलाएपछि तस्करहरूले केही कार्टुन मदिरा छाडेर भागेका थिए भने सोही मदिरा प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

नक्कली नोटसहित दुई जना पक्राउ