नेभिगेशन
सुरक्षा–अपराध

रवि लामिछानेको न्यायका लागि हस्ताक्षर गर्न पुगेका थिए ‘बाल यौन हिंसाका दोषी’ कोइराला

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानका क्रममा एक जना बाल यौन हिंसाका दोषीलाई पक्राउ गरी आदेश कार्यान्वयनका लागि पठाइएको छ।

जिल्ला अदालत सुनसरीले बाल यौन हिंसामा दोषी ठहर गरेका अर्थराज कोइरालालाई प्रहरीले बिराटनगरको महेन्द्र चोकबाट पक्राउ गरेको थियो। महेन्द्र चोकमा रास्वपाको हस्ताक्षर अभियानमा सहभागी हुन कोइराला पुगेका थिए। 

अमेरिका बस्दै आएका उनी रविलाई न्याय चाहियो भनिरहेका थिए तर उनै हिंस्रक दोषी भएको पक्राउ पछि खुलेको हो।

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला विराटनगरको महेन्द्र चोकमा पक्राउ गरी सुनसरी प्रहरीलाई जिम्मा लगाइएको छ।

सुनसरी प्रहरीले भने उनलाई अदालतको आदेश कार्यान्वयन अन्तर्गत अब जेल चलान गर्नेछ।

रास्वपाले मंगलबार लामिछानेको पक्षमा महेन्द्र चोकमा हस्ताक्षर संकलन गरेको थियो। 

कोइरालालाई जिल्ला अदालत सुनसरीले गत ३२ असारमा कसुरदार ठहर गरेको थियो। 

बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले २ वर्ष कैद, २५ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो। पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रूपैयाँ भराउने फैसला पनि भएको थियो।

अमेरिका बस्दै आएका कोइराला बाल यौन दुव्र्यवहारको आरोपमा गत वैशाखमा पक्राउ परेका थिए। त्यसपछि उनी अदालतले मागेको धरौटी बुझाएर छुटेका थिए। मुद्दा फैसला हुँदा उनी दोषी ठहर भएका थिए। उनी त्यसपछि भने लुकीछिपी बसिरहेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

नक्कली नोटसहित दुई जना पक्राउ