नेभिगेशन
सुरक्षा–अपराध

परफ्युम विशेषज्ञ मोनिका प्रकरण : तीन पोर्न भिडिओ देखाएर बलात्कार, घाँटी थिचेर हत्या

काठमाडौं– गोवाको सांगोल्डा गाउँको एउटा बन्द फ्ल्याट। त्यहाँ एक शव भेटिन्छ। 

शवको शरीरमा लुगा थिएन, र हात–खुट्टा खाटसँग बाँधिएका थिए। 

यो शव थियो ३९ वर्षीया मोनिका घुर्डेको, जो परफ्युम एक्सपर्ट थिइन्।

सुगन्ध चिन्न र त्यसको अध्ययन गर्न माहिर। यो अपराधमा ताजा खबर यो थियो कि यसका अपराधी अहिले कानुनी कारबाही भोगीरहेका छन्।

हत्या गर्नुको कारण थियो– बदला। रोजगारी गुमेको रिस। र, त्यस रिसमा उसले यस्तो काम गरेको थियो, जुन कहिल्यै हुनु हुँदैनथ्यो।
यो २०१६ को घटना थियो।

६ अक्टोबरको दिन मोनिकाको घरमा काम गर्ने महिला पुगिन्। तर फ्ल्याट लक थियो। उनले ढोका ढकढक्याइन्, तर ढोका खुलेन।

त्यसपछि उनले मोनिकाका मुम्बईमा बस्ने दाजु आनन्दलाई फोन गरिन्। आनन्दले मोनिकाका अलग बसिरहेका पति भरतलाई फोन गरे, तर उनीसँग पनि कुनै जानकारी थिएन। त्यसपछि उनले मोनिकाकी छिमेकी अमेरिकी महिलालाई फोन गरिन्, जससँग फ्ल्याटको अतिरिक्त चाबी थियो। 

करिब ११ः३० बजे उनले फ्ल्याट खोलेर भित्र पसिन्।

उनका सामु डरलाग्दो दृश्य थियो। मोनिका खाटमा थिइन्, हात–खुट्टा बाँधिएका, शरीर नाङ्गो, र अब यो संसारमा थिइनन्। 

उनले तुरुन्तै प्रहरी र मोनिकाका दाजुलाई खबर गरिन्।

मोनिका घुर्डे मूलतः नागपुरकी थिइन्। यसै वर्ष जुलाईमा उनी पणजीको प्रोवोरिम गाउँबाट सांगोल्डा सरेकी थिइन्। 

सांगोल्डा गोवाको राजधानी पणजीबाट करिब १० किलोमिटर टाढा छ। मोनिका फोटोग्राफर र ग्राफिक डिजाइनर पनि थिइन्। 

उनी मुम्बईमा तमिलनाडुका फोटोग्राफर भरत राममरूथमसँग भेटिन् र उनको असिस्टेन्टको रूपमा काम गर्न थालिन्। 

२००४ मा मोनिकाले ५८ वर्षीय भरतसँग विवाह गरिन्।

२००९ बाट मोनिकाको रुचि परफ्युम बनाउनतर्फ बढ्यो। २०११ मा उनीहरू गोवा सरे र त्यहाँ मोनिकाले परफ्युमको लागि आफ्नो प्रयोगशाला खोलेकी थिइन्। 

गत वर्ष उनीहरू अलग बस्ने निर्णयमा पुगे, तर कानुनी रूपमा डिभोर्स भएको थिएन। 

दुवैबीच व्यक्तिगत कारणले छुट्टिएका भए पनि कुनै कटुता थिएन। मोनिकाको हत्या भएको बेलामा भरत चेन्नईमा थिए।

घटनास्थल वरपरका सिसिटिभी फुटेजमा दुई जना संदिग्ध देखिए। 

प्रहरी अधिकारीहरूले सबै आफन्त र चिनेजानेकासँग सोधपुछ गरे तर सुरुमा सफलता हात लागेन। 

पछि मोनिकासँग सम्बन्ध भएका सबैलाई फुटेज देखाइयो। अन्ततः एक व्यक्ति पक्राउ परे, पंजाबका राजकुमार सिंह।

राजकुमारको कबुलनामाअनुसार, उसले बदला लिन मोनिका कहाँ गएको थियो। उसलाई रोजगारीबाट निकालिएको थियो। राजकुमार बेंगलुरुमा सुरक्षा गार्डको रूपमा काम गथ्र्यो, जहाँ पहिले मोनिका बस्थिन्। 

राजकुमारले मोनिकाको छाता चोरेको आरोपमा उनलाई सपना राज भ्यालीको सिक्युरिटी गार्डको जागिरबाट हटाइयो।

सिसिटिभी फुटेजमा राजकुमार मोनिकाको डेबिट कार्ड प्रयोग गरेर एटीएमबाट पैसा निकालिरहेको देखिन्छ। साथमा अर्को व्यक्ति पनि थियो।

राजकुमार भन्छ–

म आक्रमण नगरोस् भनेर मोनिकाले मलाई खाने–पिउने दिन थालिन् र भनिन् कि उनी यो बारेमा कसैलाई केही भन्दिनन्। तर अचानक उनले मेरो हातबाट चक्कु खोसिन् र चिच्याउन थालिन्। 

म उनलाई मार्न चाहन्न थिएँ, तर डराएँ। उनको आवाज रोक्न मैले सिरानी उठाएँ र उनको मुख थिचिदिएँ। 

सास रोकिँदा उनी बेहोस भइन्। त्यसपछि मैले उनको हात–खुट्टा बाँधिदिएँ। बलात्कार गर्ने उद्देश्यले उनका कपडा उतारेँ, तर बलात्कार गरिनँ।

यसरी बनेकी थिइन् सेक्युरिटी गार्डको हवसको शिकार 
तत्कालिन डीआईजी बिमल गुप्ताका अनुसार राजकुमारले सिक्युरिटी सुपरभाइजर बनेर मोनिकाको फ्ल्याटको ढोका ढकढक्याए। 

मोनिकाले ढोका खोल्नेबित्तिकै उसले चक्कु देखाएर भित्र पस्यो। 

मोनिकाले चिच्याउने मौका पाउनुअघि नै उसले उनीमाथि हावी भयो र उनको मुख थिच्यो। त्यसपछि उनलाई बाथरूममा लगियो।

अचानक भएको आक्रमणबाट मोनिका डरले बेहोस भइन्। त्यसपछि राजकुमारले उनका हात–खुट्टा खाटमा बाँधिदियो। जब उसलाई लाग्यो कि मोनिका अब पुरै विवश भइन्, तब उसले पैसा माग्यो।

मोनिकाले भनिन् कि पर्समा जे छ, लान सक्छौ। 

पर्समा ४००० रुपैयाँ थिए, जुन राजकुमारले लिए। जब उसले थप पैसा माग्यो, मोनिकाले आफ्नो एटीएम कार्ड र पिन नम्बर दिइन्।

त्यसपछि राजकुमारले मोनिकाको फोन पनि खोसेर सम्पर्क काटिदियो।

पैसा र एटीएम कार्ड पाएपछि राजकुमारले मोनिकालाई तीन अश्लील क्लिप देखायो। त्यसपछि उनले मोनिकाको खुट्टा खोले र उनीमाथि बलात्कार गरेको थियो।

डीआईजी गुप्ताले भनेको थिए,‘अब हामी उसमाथि भारतीय दण्ड संहिता धारा ३७६ अन्तर्गत बलात्कारको मुद्दा पनि चलाउँछौं। यो अपराधमा अरू कोही संलग्न थिएन भन्ने प्रमाण पाएका छौँ।’

प्रहरीका अनुसार, घटना बदला, लुटपाट र हवसका कारण भयो। बलात्कारपछि राजकुमारलाई लाग्यो कि मोनिका उसविरुद्ध उजुरी दिन जान्छिन्, त्यसैले उसले उनको घाँटी थिचेर र सिरानीले मुख थिचेर मारिदियो।

मोनिकाको फ्ल्याटमा राजकुमारले शेभ गरेको प्रमाण भेटियो, जसबाट कपालको नमुना भेटिएको थियो।

राजकुमार सिंहले हरियाणाको एक ओपन स्कूलबाट बि.कम. फस्र्ट इयरसम्म पढेका थिए। उनी ५ अप्रिल २०१६ मा गोवा आए र सुरक्षा कम्पनीमा जागिर पाए।

पछि उनले अर्को कम्पनी ज्वाइन गरेर सपना राज भ्याली अपार्टमेन्टमा पोस्टिङ पाए। ७ जुन २०१६ मा मोनिकासँग पहिलो भेट गेटमै भयो, जब उनी भाडाको फ्ल्याट खोज्दै थिइन्।

त्यसपछि उसलाई थाहा भयो कि मोनिका त्यही कम्प्लेक्समा बस्न आउनेछिन्। डीआईजीका अनुसार, राजकुमार सुरुदेखि नै मोनिकाप्रति आकर्षित थियो। उसले उनीमाथि नजर राख्यो, र थाहा पायो कि उनी एक्लै बस्छिन्। 

पछि मोनिकाले उनलाई कार धोउनका लागि राखिन्। उनीहरूबीच सामान्य कुरा चल्ने गथ्र्यो र राजकुमार फ्ल्याटको पूरै बनावट बुझिसकेको थियो।

मोनिका प्रायः बाहिर रहने र कम पाहुना आउने भएकाले उसले सजिलै यो योजनाबद्ध अपराधको सपना बुनेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध