नेभिगेशन
राजनीति

एमालेको निष्कर्ष- ज्ञानेन्द्र शाहले फागुन ७ मा उकासेका राजावादीको मनोबल खस्किस्यो

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको निष्कर्ष निकालेको छ ।

साउन ५ देखि ७ गतेसम्म चलेको नवौँ केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति जारी गरेको अन्तरपार्टी निर्देशिकामा उक्त कुरा उल्लेख गरेका छन् ।

पछिल्लो समय राजावादीका नाममा लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध प्रतिगामी हमला भइरहेको भन्दै एमालेले ती समूहलाई गम्भीर चेतावनी दिएको छ।

निर्देशनमा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा २०८१ फागुन ७ गते दिएको अभिव्यक्तिलाई लोकतान्त्रिक गणतन्त्रविरुद्धको खुला चुनौतीको रूपमा व्याख्या गरेका छन् । त्यसपछि राजावादी शक्तिहरूले संविधान र वर्तमान व्यवस्थामाथि योजनाबद्ध रूपमा आक्रमण गरिरहेको निष्कर्ष एमालेले निकालेको छ।

राजावादी हर्कतको प्रतिवाद

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा गरिएको हिंसात्मक घटनालाई एमालेले ‘हत्या, हिंसा, आगजनी र लुटपाटका जघन्य अपराध’को संज्ञा दिएको छ।

घटनापछि एमालेले देशभर जनप्रदर्शन, मोटरसाइकल र्‍याली र जनसभाहरू आयोजना गर्दै उक्त प्रतिगमनको प्रयासविरुद्ध सशक्त सन्देश दिएको दाबी अपानिमा गरिएको छ।

त्यसबेला सातै प्रदेशका केन्द्रमा गरिएको जनसभा र काठमाडौं उपत्यकामा आयोजना गरिएका कार्यक्रमहरूले ‘प्रतिक्रियावादीहरूको मनोबल खस्काउने’ काम गरेको निचोड पनि एमालेको छ।‘

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति