नेभिगेशन
सुरक्षा–अपराध

'टिकटके लभ'ले गयो ललितपुरका युवाको ज्यान, दोलखाका युवती हिरासतमा 

काठमाडौं– ललितपुरमा एक युवकले टिकटके लभमा परेको समस्याका कारण ज्यान गुमाएका छन्।

गोदावरी नगरपालिका–१० घर भएका रिनेश घिमिरे असार ३१ मा मृत भेटिएका थिए। ६६ हजार फलोअर्स रहेका रिनेश ६ महिनाअघि मात्र दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर–६ घर भएर काठमाडौँ बस्ने रविना खड्का उर्फ सुप्रियासँग चिनजान भयो र चार महिनादेखि प्रेम सम्बन्धमा जोडिए, दुवै।

प्रेम सम्बन्धको बिचमा नै घिमिरेले ‘सुसाइड नोट’ लेखेपछि आत्महत्या दुरुत्साहनमा प्रहरीले पक्राउ गरेकी रविना अहिले थुनामा छिन्।

उनलाई हिरासतमा राखेर प्रहरी वृत्त चापागाउँले अनुसन्धान गरिरहेको छ। 

प्रेम सम्बन्ध निरन्तरताकै बिचमा रिनेशले जुलाई १५ (असार ३१) मा सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘बाउ आमाको बुढेसकालको साहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया, अलबिदा!’

आफूविरुद्ध नोट लेखेर रिनेशले आत्महत्या गरेपछि रविना आफैँ प्रहरी कार्यालयमा उपस्थित भइन्। परिवारले प्रेमिकाको कारण रिनेशले आत्महत्या गरेको भन्दै साउन ५ मा रविना खड्काविरुद्ध जाहेरी दिएका थिए।

मृतकको मोबाइल परीक्षण गर्न डिजिटल फोरेन्सिक ल्यावमा पठाइएको छ भने रविनाले मृतकलाई रकम पनि दिएको अनुसन्धान अधिकृतहरूसँग दाबी गरेकी छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध