काठमाडौं– घटना १३ बर्षअघिको हो। तर, यस्तो बर्बर हत्याकाण्ड अहिलेसम्म पनि सुनिएको, पढिएको थिएन।
एउटी आमाले आफ्नो निहीत स्वार्थ र त्यसको प्रतिरक्षाका निम्ति तरुणी छोरीको पूर्वयोजनासहित हत्या गरी लास जलाउँछिन् अनि त्यो घटना तीन बर्षपछि प्रहरीको कठोर अनुसन्धानले मात्र फेला पार्न सक्यो, यदि त्यसो नभएको भए ति महिला अहिले विश्वको धनाड्यको सूचीमा मात्र होइन प्रभावी महिलाका रुपमा परिचित हुन्थिन्।
विश्वका शक्तिशाली ५० जनाको सूचीमा परेकी ति भारतीय मिडिया टाइकुन महिलाले गरेको हत्याकाण्ड निक्कै चर्चामा थियो। खासगरी यसले कयौं हप्तासम्म भारतीय मिडिया हल्लायो।
किनकी ति महिला आफैं मिडिया टाइकुन थिइन्।
मिडिया टाइकुन भनेको त्यस्तो व्यक्ति हो जसले अखबार, टेलिभिजन स्टेशन वा पत्रिकाहरू जस्ता मिडिया आउटलेटहरूको महत्त्वपूर्ण भागको स्वामित्व वा नियन्त्रण गर्दछ, र यसरी जनमतमा उल्लेखनीय प्रभाव पार्छ। तिनीहरूलाई प्रायः मिडिया मोगलहरू भनेर चिनिन्छ, जसको आफ्नो मिडिया कम्पनीहरूले उत्पादन गर्ने सामग्रीमा पर्याप्त नियन्त्रण हुन्छ।
शीना बोरा हत्याकाण्ड निक्कै चर्चित बनेको थियो। उनको हत्यापछि शव जलाइयो र गाडियो। तर तीन बर्षपछि सन् २०१५ मा कंकालको डिएनए परिक्षण गरी हत्यारा रहेकी उनकी आमा इन्द्राणी मुखर्जीसँग मिलेपछि यो विषय सतहमा आएको थियो।
शीना बोरा मुम्बई मेट्रो वनमा काम गर्थिन् र इन्द्राणी मुखर्जी र सिद्धार्थ दासकी छोरी थिइन्।
यो विवादको विषय छ कि शीना बोरा वास्तवमै सिद्धार्थ दासको छोरी हुन् कि अन्य कसैकी। शीना २०१२ अप्रिल २४ देखि हराएकी थिइन्। यो प्रकरणमा प्रहरीले इन्द्राणी मुखर्जी, उनका दोस्रो पति सञ्जीव खन्ना (शीना बोरा की सौतेनी बाबु) र एक ड्राइभरलाई पक्राउ गरेको थियो।
शीना बोरा १९८९ मा पश्चिम बंगालको कोलकातामा जन्मिएकी थिइन्। सन् १९९२ तिर उनकी आमा इन्द्राणी मुखर्जी पति सिद्धार्थ दाससँग गुवाहाटी सरेकी थिइन्।
उनले आफ्ना छोराछोरीहरू (शीना र मिखाइल) लाई आफ्ना बुवा उपेन्द्र कुमार बोरा र आमा दुर्गा रानीको जिम्मा लगाएर गएकी थिइन्। त्यसपछि उनले सञ्जीव खन्नासँग दोस्रो विवाह गरिन्।
उनीहरूको विवाह सन् २००२ मा भयो र त्यसबाट विधी खन्ना नामकी छोरी जन्मिइन्। इन्द्राणी र सञ्जीवबीच विधीको अभिभावकत्वका लागि अदालतमा मुद्दा चल्यो, जुन इन्द्राणीले जितिन्।
त्यसपछि उनीहरू बेलायत (इंग्ल्याण्ड) गए।
सन् २००२ मा इन्द्राणीले पीटर मुखर्जीसँग तेस्रो विवाह गरिन्। जसपछि पीटरले विधीलाई कानुनी रूपमा अंगीकार गरे। सन् २००६ मा शीना मुम्बई आइन् र आफूलाई सबैसमक्ष, पीटर मुखर्जीसमेत, इन्द्राणीकी सानी बहिनीको रूपमा चिनाइन्। खासमा इन्द्राणीले नै शीनालाई छोरी नभएर बहिनी रहेको बताउन भनेकी थिइन्। उनी पहिलो पतिबारेको रहस्य दोस्रा पति सन्जीव र मिडिया टाइकुन पति पीटरलाई गोप्य राख्न सफल भएकी थिइन्।
पीटर स्टार मिडियाका प्रमुख कार्यकारी अधिकृत थिए जुन त्यसबेला भारतको सबैभन्दा ठूलो टेलिभिजन च्यानल कम्पनी थियो।
कौन बनेगा करोडपति, क्यूँकी सास भि कभि बहु थी, कसौटी जिन्दगीकीलगायतका सिरियल र रियालिटी शो स्टारमा ब्यापक रुपमा चलेकामा पर्थे।
इन्द्राणीले शीना र मिखाइल दुवै आफ्नो सन्तान भएको कुरा लुकाइन्।
पीटर मुखर्जीले शीना बोराका निम्ति कलेज खर्चलाई आर्थिक सहयोग गरे। उनले २००६ देखि २००९ सम्म अध्ययन गरिन्। त्यसपछि २००९ मा उनले रिलायन्स कम्पनीमा जागिर पाइन्।
सन् २०११ को जून महिनादेखि उनी रेल विभागको मुम्बई मेट्रो वनमा सहायक प्रबन्धकको रूपमा काम गर्न थालिन्।
मुम्बईमा बस्दाबस्दै शीना र राहुल मुखर्जीबीच भेट भयो। राहुल पीटर मुखर्जीका पहिलो पत्नी तिरका छोरा हुन्। शीना र राहुलबीच सौतेनी दाजुबहिनी भन्ने जानकारी थिएन।
उनीहरू २००९ देखि २०१२ सम्म सँगै थिए। सन् २०१२ अप्रिल २४ मा शीनाले एक लिखित राजीनामा दिइन्।
त्यसै दिन राहुललाई शीनाको मोबाइलबाट सन्देश आयो, जसमा सम्बन्ध विच्छेदको कुरा लेखिएको थियो। इन्द्राणीले भनिन् कि शीना उच्च शिक्षा लिन अमेरिका गएकी हुन्। तर त्यसपछि उनी कहिल्यै देखिइनन्। यहिँबाट सुरु भयो शीनाको खोजी।
२०१२ को अप्रिलमा शीना हराएपछि राहुल मुखर्जी वोरली प्रहरी चौकीमा उजुरी गर्न गएका थिए। तर वोरली क्षेत्र उनीहरूको बसोबास क्षेत्र नभएको कारण उजुरी दर्ता भएन। पछि उनी अन्धेरी प्रहरी चौकीमा गए तर त्यहाँ पनि उजुरी दर्ता भएन। त्यसपछि उनले इन्द्राणीलाई सोधे, ‘जसमा उनले जवाफ दिइन् कि शीना अमेरिका गएकी छिन् र उसले अब सम्बन्ध राख्न चाहन्न।’
राहुलले सोधे, ‘पासपोर्ट त तिमीहरूसँग छ भने ऊ कसरी अमेरिका जान सकी? जवाफमा इन्द्राणीले भनिन् कि ‘शीनाले नयाँ पासपोर्ट बनाएकी थिई।’
त्यसपछि राहुल देहरादूनमा आफ्नी जैविक आमासँग बस्न गए। त्यही समयमा राहुल र मिखाइलले शीना हराएको रिपोर्ट दर्ता गराउने प्रयास गरे।
राहुलको आग्रहमा प्रहरी इन्द्राणीको वोरलीको घरमा पुग्दा, त्यहाँका कर्मचारीले बताए कि इन्द्राणी देश बाहिर गएकी छिन्। फर्केपछि इन्द्राणी प्रहरी चौकीमा पुगिन् र भनिन् कि राहुलले शीना बोरा लाई सताउँथे, त्यसैले ऊ अमेरिका गएकी हो।
यसमा गहिरो पक्ष के छ भने, राकेश मारिया नामका मुम्बई प्रहरीका कमिस्नरले यो प्रकरणलाई गहिरोसँग ध्यान दिए। उनलाई कसैले अपुष्ट जानकारी दियो कि शीना बोराको हत्या भएको थियो र यसमा मिडिया टाइकुन इन्द्राणीको हात छ।
राकेश त्यस्ता प्रहरी अधिकारी थिए जसले मुम्बई आक्रमण १९९३ र २६, ११ छानबिनमा सफलता पाएका थिए। उनलाई तीन बर्षदेखि गायब भएकी शिना बोराको हत्या भएको भन्ने विषय खड्कियो र अनौपचारिक रुपमा उनले छानबिन समिति बनाएर प्रहरी परिचालन गरे।
उनले प्रहरी परिचालन गरेर अनुसन्धान जारी राख्दा नै यो हत्याको पछाडि इन्द्राणीको हात रहेको पत्ता लगाउन सफल भए। यो यसबेला पत्ता लाग्यो जब मुम्बई सहरदेखि एक सय किलोमिटर पर जंगलमा शीनाको हत्या गरी लाश जलाएको भन्ने खोज्न सफल भए र कंकाल फेला पारी डीएनए मिलाउन सके।
समितिले तीन बर्षदेखिका शीना बोहोराका विषयमा छानबिन गर्न सबै प्रहरी कार्यालयमा गुमनाम भएको उजुरी परेको छ या छैन भनी खोजी गर्न सुरु गरे। उजुरी भेटिएन।
प्रहरीले पत्ता लगायो कि इन्द्राणीका ड्राइभर साम्भर रायको विषयमा जानकारी पायो। त्यसपछि उक्त ड्राइभरको पछाडि लाग्यो, प्रहरी। २१ अगस्त २०१५ मा रायलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको थियो।
यसपछि भने यस हत्या प्रकरणमा राय बयान लिन थाल्यो। शीना हत्या प्रकरणमा रायको पनि संलग्नता रहेको भेटियो। अनि, रायले दिएको सबै बयानका आधारमा प्रहरी यस प्रकरणको सबै पक्षमा पुग्न सफल हुन्छ।
यस हत्या प्रकरणमा संलग्न रहेका इन्द्राणीका दोस्रा पति सन्जीबको संलग्नता हुन्छ। सन्जीब विधी नामकी छोरी आफूले पाउने र सबै सम्पत्ती उसको हुने आश्वासनको लोभमा यस प्रकरणमा हत्यामा संलग्न रहन्छन् भने, ड्राभइरले पनि ५ लाखका निम्ति काम फत्ते गरेका हुन्छन्।
शीनालाई बेहोस् बनाएर घाँटी थिचेर मारेको बयान ड्राइभरले दिएको हुन्छ।
को थिइन् इन्द्राणी?
इन्द्राणी मुखर्जी एक भारतीय मूलकी बेलायती (ब्रिटिश) पूर्व मानव संसाधन सल्लाहकार तथा सञ्चार (मिडिया) कार्यकारी थिइन्।
उनी पूर्व टेलिभिजन कार्यकारी पीटर मुखर्जीकी पत्नी थिइन्। सन् २००७ मा उनले आफ्ना पतिसँग मिलेर आइएनएक्स मिडिया को स्थापना गरेकी थिइन्, जहाँ उनले मुख्य कार्यकारी अधिकृत (सीईओ)को रूपमा काम गरिन्।
सन् २००९ मा उनले कम्पनीबाट राजीनामा दिइन् र पछि आफ्नो हिस्सेदारी पनि बेचिदिइन्।
इन्द्राणी मुखर्जीको जन्म गुवाहाटी, असममा एक असमिया परिवारमा भएको थियो। उनका बुबा उपेन्द्र कुमार बोरा र आमा दुर्गा रानी बोरा थिए।
जन्मको समयमा उनको नाम पोरी बोरा थियो। बाल्यकाल गुवाहाटीमै बित्यो। आधिकारिक कागजात अनुसार उनको जन्म सन् १९७२ मा भएको मानिन्छ, तर उनका पहिलो पति सिद्धार्थ दासका अनुसार इन्द्राणीको वास्तविक उमेर त्योभन्दा ७ वर्ष बढी हुनुपर्छ।
विद्यालय शिक्षा गुवाहाटीमा पूरा गरेपछि उनी शिलाङको लेडी कीन कलेजमा उच्च शिक्षा लिन गइन्।
सन् १९८६ मा उनी सिद्धार्थ दाससँग भेटिइन् र सन् १९८७ को फेब्रुअरीमा उनीहरूलाई छोरी शीना जन्मिई। त्यसपछि १९८८ को सेप्टेम्बरमा छोरा मिखाइल बोरा जन्मिए।
सन् १९९० मा इन्द्राणीले आफ्ना दुई बच्चाहरू (शीना र मिखाइल) गुवाहाटीमा आफ्ना आमाबुवासँग छोडिन् र कोलकाता गइन्। त्यहाँ उनले कम्प्युटर अध्ययन गरिन् र पेइङ गेस्टको रूपमा बसिन्। केही समयपछि उनी सञ्जीव खन्नासँग भेटिइन् र सन् १९९३ मा विवाह भयो।
सन् १९९७ मा उनीहरूको छोरी विधि खन्ना जन्मिइन्। सन् २००१ मा परिवार मुम्बई सरेको थियो।
सन् २००२ मा इन्द्राणीले पीटर मुखर्जीसँग भेट गरिन्। सञ्जीवसँगको सम्बन्ध टुट्न नपाउँदै उनी पीटरसँग बस्न थालिन् र नोभेम्बर २००२ मा विवाह गरिन्। विवाहपछि विधि खन्ना पनि मुखर्जी परिवारसँग बस्न थालिन् र उनले “मुखर्जी“ थर अपनाइन्।
सन् २००५ मा इन्द्राणीले आफ्ना दुई सन्तान शीना र मिखाइललाई पीटर मुखर्जीलाई आफ्ना सानो बहिनी र भाइ भनेर चिनाइन्। शीना तर अप्रिल २०१२ पछि शीना फेरि कहिल्यै देखिइनन्।
सन् २०१२ तिर इन्द्राणीले पीटर मुखर्जीमार्फत बेलायतको नागरिकता प्राप्त गरिन्, किनभने पीटर स्वयम् बेलायती नागरिक थिए। २०१२ देखि २०१५ सम्मको बीचमा इन्द्राणीले आफ्नो समय मुम्बईको वर्ली, बेलायतको ब्रिस्टल र स्पेनको मार्बेलामा बिताइन्।
(यो हत्या प्रकरणबारेको जानकारी विभिन्न भारतीय मिडियामा आएका खबर र इन्टरनेटमा भएका तथ्यमा आधारित छ।)