नेभिगेशन
समाज विविध

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

सङ्खुवासभा- सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

चिचिला गाउँपालिका-३ स्थित अरुण तेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका-२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध