नेभिगेशन
राजनीति

यहि सदनमा शेखर कोइराला प्रधानमन्त्री बन्न नसक्ने ठोस आधार यस्ता छन्

काठमाडौं– नेपाली कांग्रेसका संस्थापन इतर नेता शेखर कोइरालाको राजनीतिक भेट वार्ताले नयाँ चर्चा पाएको छ।

खासगरी विहीबार साँझ प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र एमाले संस्थापनइतरकी नेत्री तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार बिहानको भेटलाई लिएर कतिपयले आगामी प्रधानमन्त्रीमा कोइरालाको चर्चा गरेका छन्।

मोरङ–६ बाट प्रतिनिधि सभामा निर्वाचित कोइराला अहिलेको सदनमा प्रधानमन्त्री बन्न नसक्ने आधार बलियो छ। यदि उनी प्रधानमन्त्री बन्ने हो भने पार्टी विभाजन गरी संसदीय दलको नेता हुन आवश्यक हुन्छ।

तर कांग्रेस विभाजनको सम्भावना नै रहेको छैन। दोस्रो उनलाई प्रधानमन्त्री बन्नका लागि निर्दलीय व्यवस्था हुनुपर्छ, अर्थात सदन विघटन अनिवार्य हुन्छ। 

यसका पक्षमा कोइराला स्वयम् छैनन्। कांग्रेसले उनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नका लागि संसदीय दलको नेतामा निर्वाचित गराउनुपर्ने हुन्छ। 

कांग्रेस विधानअनुसार संसदीय दलका नेता मात्रै प्रधानमन्त्रीका उम्मेदवार हुन पाउँछन्। तर, सभापति शेरबहादुर देउवा आफैं प्रधानमन्त्रीको आलोपालो सम्झौता गरेका कारण त्यो कठोर निर्णयमा पुग्ने अवस्था आउने कल्पना पनि गर्न नमिल्ने कुरा हो।

कोइराला आफैंले पनि प्रधानमन्त्री आफ्नो चाहना नभएको बताइसकेका छन्। यसबाहेक अहिलेको सत्ता समीकरणका कमजोरीका बारेमा कुराकानी भएको तर प्रचण्ड, भण्डारी या अरुसँग मोर्चाबन्दी नगरिने कोइरालाले स्पष्ट पारिसकेका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति