नेभिगेशन
समाज विविध

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ । महिनाको पहिलो दिन साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानदेखि बाक्लो उपस्थिति रहेको छ ।

हिन्दूशास्त्र अनुसार भगवान शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँदी लगाउने र व्रत बस्ने गर्दछन् ।

श्रावणको सुरुवातसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ । पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा विशेष गरी साउनको सोमबार बढी भीड लाग्ने गर्दछ ।

साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध