नेभिगेशन
राजनीति

‘व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार देखिएन’ : ‘प्रचण्ड’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार नदेखिएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाढा भनिरहँदा या पटक-पटकका संसद् विघटनका शृङ्खला हेर्दा प्रतिगमनकारीहरू सलबलाउँदा वा व्यवस्थामाथि प्रश्न उठ्दा सरकारको नेतृत्वलाई भित्रैबाट चिन्ता लाग्छ भनेर पत्याउन आधार यसबीचमा देखिएन,’प्रचण्डले भने ।

ओली नेतृत्वको सरकारको एक वर्षको समयमा यस्तो महसुस भएको ‘प्रचण्ड’ले बताएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति