नेभिगेशन
राजनीति

प्रचण्डले ओलीलाई सम्झाए ‘चित्रगुप्तलाई दिने बयान’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चित्रगुप्तलाई बयान दिन्छु’ भनेको उद्दरण स्मरण गराएका छन्।

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ प्रकरण, स्पेनमा भएको भिजिट भिसा प्रकरण, अन्य मुलुकको भिजिट भिसा प्रकरण, शिक्षकको आन्दोलन, कर्मचारीको असन्तुष्टिसहितका विषयलाई सोमबार सदनमा राख्दै प्रचण्डले यस्तो सम्झाएका हुन्। 

न्यायालय प्रभावित बनाएको, सरुवा आतंक, सुशासनको मुद्दा प्रधानमन्त्री ओलीलाई घाँडो भएको बताउँदै प्रचण्डले भने,‘आफ्नालाई जोगाउने र विपक्षीलाई एउटै मुद्दामा फँसाउनेमा सरकारको विश्व रेकर्ड बनेको छ।’

उनले बजेटमा सपना र आशा केही नदेखेको बताएका प्रचण्डले भने,‘बजेटमा थारु देखिँदैन, मधेसी देखिँदैन, आदीवासी, जनजाती, दलित महिला, कर्णाली, सुदूरपश्चिम केही देखिएको छैन। दुई दलको सरकारको अहंकार देखिएको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति