नेभिगेशन
राजनीति

रुपन्देही–३ को उपनिर्वाचनमा राप्रपाद्वारा दीपक बोहोराका दुवै छोरा उम्मेदवार प्रस्ताव

काठमाडौं– रुपन्देही–३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राप्रपाले दिवंगत नेता दीपक बोहोराका दुवै छोरालाई उम्मेदवार प्रस्ताव गरेको छ।
यीबाहेक अन्य चार जनाको नाम समेत राप्रवा रुपन्देही जिल्ला कार्यसमितिले सिफारिस गरेको हो।

बोहोराको निधनपछि उक्त क्षेत्रमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो।

आइतबार जिल्ला कार्यसमितिको कार्यसम्पादन समितिको बैठकले जिल्ला अध्यक्षसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको हो।

दीपक बोहोराका छोराहरु गौरब र प्रज्वल बोहोरासहित रुपन्देहीका अध्यक्ष सागरप्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलिपकुमार मल्लिकको नाम सिफारिस गरिएको हो।

सिफारिस भएका मध्ये एक जनालाई पार्टीको केन्द्रीय समितिले चुनाव जित्ने गरी टिकट दिनेछ।

यसअघि दीपक बोहोराका एक छोरालाई रास्वपाले उम्मेदवार बनाउने चर्चा थियो।

विक्रम संवत् २०७९ सालको निर्वाचनमा रुपन्देही– ३ बाट निर्वाचित दीपक बोहराले तत्कालिन गृहमन्त्री नै रहेका बालकृष्ण खाँणलाई पराजित गरेका थिए। 

एमालेले भने उक्त क्षेत्रमा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउन सक्ने चर्चा छ। उक्त क्षेत्रमा उम्मेदवार इच्छुकलाई रास्वपाले पनि आह्वान गरेको छ भने एक जना स्वतन्त्र उम्मेदवारको घोषणा भैसकेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति