नेभिगेशन
राजनीति

आवश्यक परे सडकबाट पनि आन्दोलन गर्ने लिङ्देनको चेतावनी

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन आवश्यक परे सडकबाट पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा धारणा राख्दै लिङ्देनले भिजिट भिसा प्रकरणमा आफूहरूले सदनमा विरोध गरिरहेको र आवश्यक परेमा सडकबाट पनि आन्दोलन गर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सुशासन आयोग कहाँ गयो भन्दै प्रश्न गरे । उनले ओली नेतृत्वको सरकारका मन्त्रीहरू एकपछि अर्को काण्डमा मुछिएकाले बर्खास्त गर्न पर्दैन भनेर प्रश्न गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति