नेभिगेशन
राजनीति

शंकर पोखरेलको दाबी- सरकारको एक वर्ष पूरा गरेको यो अवधिमा सुधारका स्पष्ट परिणाम देखिँदै छन्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको एक वर्ष पूरा गरेको र यो अवधिमा सुधारको प्रयास भएको बताएका छन् ।

‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका स्पष्ट परिणाम देखिँदै छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

३० असारमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले समेत सम्मिलित सरकारले एक वर्ष समय पार गरेको हो । यही अवसरमा एमाले महासचिव पोखरेलले एक वर्षको अवधिमा सुधारका प्रयास भएको बताएका हुन् ।

१७ असार २०८१ मा काँग्रेस र एमालेले संयुक्त सरकार बनाउने गरी ७ बुँदे समझदारी गरेका थिए । उक्त समझदारी अनुसार ३० असार २०८१ मा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका हुन् । पहिलो चरणमा ओली र दोस्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति