नेभिगेशन
समाज विविध

कान्ति लोकपथ सञ्चालनमा

मकवानपुर । कान्ति लोकपथ १४ घण्टापछि सञ्चालनमा आएको छ । सडकको भित्ता तासेर र तल्लो भागमा जग उठाएपश्चात बिहीबार अपराह्न ३ बजेदेखि कान्ति लोकपथ सञ्चालनमा आएको हो ।
वर्षाका कारणले सडक नै बगेकाले कान्ति लोक पथ बिहीबार बिहान एक बजेदेखि नै अवरुद्ध भएको थियो ।

‘डोजर र एक्स्काभेटर लगाएर १४ घण्टापछि कान्ति लोकपथ सञ्चालनमा ल्याइएको छ,’ इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक विद्यासागर मेहताले भने, ‘बिहीबार एक बजे बिहानदेखि अवरुद्ध भएको कान्ति लोकपथ अपराह्न ३ बजेपछि सञ्चालन आएको हो ।’ बुधबार राति परेको अविरल वर्षाका कारणले कान्ति लोकपथस्थित ठिंगन–बागमती खोलाको सडक खण्डमा पर्ने भीमफेदी गाउँपालिका–८ वगुवामा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । सडकको भाग नै नै पहिरो गएर सडक साँघुरो बनेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध