नेभिगेशन
विश्व

ब्रिक्स देशहरूले १० प्रतिशत अतिरिक्त भन्सार तिर्नैपर्ने

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स समूहमा रहेका सबै देशहरूले थप १० प्रतिशत भन्सार तिर्नैपर्ने बताएका छन्। 

मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ब्रिक्स समूहमा रहेका सबै देशहरूले थप १० प्रतिशत भन्सार तिर्नुपर्ने बताएका हुन्।

‘हाम्रो डलरलाई हानि पुर्‍याउन मात्र ब्रिक्स स्थापना गरिएको थियो। यदि उनीहरू त्यो खेल खेल्न चाहन्छन् भने,त्यो ठिक छ,तर म पनि त्यो खेल खेल्न सक्छु,’ट्रम्पले भने।

यसअघि,राष्ट्रपति ट्रम्पले जुलाई ७ मा आफ्नो ट्रुथ सोशल अकाउन्टमा ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग आबद्ध हुने कुनै पनि देशलाई थप १० प्रतिशत भन्सार शुल्क लगाइने बताएका थिए। 

सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो। यसपछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको हो। २००४ मा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यको रूपमा समूहमा सामेल भएका छन्।

ट्रम्पसले स्वतन्त्र दिवस भन्दै अप्रिल २ मा आफ्ना सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च रेसिप्रोकल भन्सार लगाउने घोषणा गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व