नेभिगेशन
समाज विविध

जाजरकोटमा विषालु च्याउ खाँदा ३ जना बिरामी

काठमाडौँ- जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन ।

बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका-४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन् ।

बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन् ।

सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको बताइएको छ ।

बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध