नेभिगेशन
समाज विविध

कोपुन्डोल–थापाथली जोड्ने पूलमुनी युवक मृत फेला

काठमाडौं– ललितपुरको कोपुन्डोल र काठमाडौंको थापाथली जोड्ने बागमती पुलमुनि एक युवकको शव फेला परेको छ।

काठमाडौँ महानगरपालिका–११ स्थित पुलसँगैको नालामा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा फेला परेका हुन्। 

छारे रोगको समस्या रहेका उनी सुकुम्बासी बस्तीमा बस्ने गर्दथे। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध