नेभिगेशन
समाज विविध

दाउन्नेमा सडक भासियो, वीपी राजमार्गमा खहरेको लेदोले रोक्यो यातायात

काठमाडौं– बर्षाका कारण मुलुकका विभिन्न ठाउँका सडक मार्गमा अबरोध भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ।

वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको बताइएको छ।

यता, मंगलबार रातिदेखि परेको अविरल बर्षका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ।

रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ को चारसय बेशीमा राजमार्ग अवरुद्ध भएको हो।

फेदी खोलाको लेदो हटाइसकिएको र पिन्थलीबेशी र रोशी ७ को चारसय बेशीमा हटाउने क्रम जारी छ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई रोकिएको छ। लेदोको कारण सडक अवरुद्ध भएकोले सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध