नेभिगेशन
समाज विविध

८ हजार मिटरभन्दा अग्ला हिमाल ५० पटक चढेर निर्मल पुर्जाले बनाए अर्को कीर्तिमान, पुरक अक्सिजन बिनै आरोहण

काठमाडौ - नेपाली पर्वतारोही निर्मल पुर्जा निम्सदाइले फेरि एकपटक मानव क्षमताको सीमा तोडेका छन्।

जुलाई ३ मा, विश्वकै एक प्राणघातक शिखर नाङ्गा पर्वतको सफल आरोहणसँगै उनले पूरक अक्सिजन प्रयोग नगरी ८००० मिटरभन्दा अग्ला ५० वटा शिखर चढ्ने ऐतिहासिक कीर्तिमान स्थापित गरेका छन्।

उक्त सफल आरोहणसँगै उनी मानव इतिहासमा यति धेरै ८००० मिटरमाथिका शिखरहरू अक्सिजनबिना चढ्ने पहिलो व्यक्ति बनेका छन्।

"नाङ्गा पर्वतको यो यात्रा मेरो जीवनकै सबैभन्दा खतरनाक अभियानहरूमध्ये एक थियो," उनले भने, "तर शिखरमा पुग्दा त्यो क्षणले मेरो पर्वतारोहण जीवनको ५० औं ८००० मिटरको शिखरको कथा पूरा गर्‍यो।"

नाङ्गा पर्वत (८,१२६ मिटर), जुन पाकिस्तानमा अवस्थित छ, विश्वकै नवौं अग्लो हिमाल हो र अत्यधिक जोखिमका कारण ‘Killer Mountain’ को रूपमा कुख्यात छ।

यो ऐतिहासिक उपलब्धिले न केवल नेपाली पर्वतारोहणको गौरव बढाएको छ, तर विश्व पर्वतारोहणको इतिहासमा पनि नयाँ अध्याय कोरेको छ।

१६ वर्ष बेलायती सेनामा काम गरेका निम्सले वि.सं. २०६९ पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए भने सोह वर्ष पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए।

२९ वर्षमा आरोहण गरेपछि बेलायती सेनासहितको टोलीले गरेको सगरमाथा आरोहणको नेतृत्त्व पनि उनले गरेका थिए। अतिरिक्त अक्सिजनको प्रयोग नगरी जुलाई ३ मा  विश्वकै एक प्राणघातक शिखर नाङ्गा पर्वतको सफल आरोहणसँगै उनले पूरक अक्सिजन प्रयोग नगरी ८००० मिटरभन्दा अग्ला ५० वटा शिखर चढ्ने ऐतिहासिक कीर्तिमान स्थापित गरेका छन्। अक्सिजनविना सबैभन्दा छिटो ८ हजार मिटर अग्ला सबै हिमालको आरोहण गरेका नयाँ रेकर्ड कायम गरेका आरोही पूर्जाले पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ किर्तिमानी राखेका छन्।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले आफ्नै जिल्लामा भएका सातौं अग्लो धौलागिरी हिमाल र १० औं अग्लो अन्नपूर्ण हिमालको समेत पटकपटक आरोहण गरेका छन्।

सन् २००३ मा पोखरास्थित ब्रिटिश क्याम्पमा ब्रिटिश आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टेनिङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए। कर्पोरल निर्मल बेसिक टेनिङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए। क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए।

उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा समेत काम गरेका पूर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए। यो सम्मान पाउने उनी पहिलो हुन्। उनले हिमाल आरोहणबाट दर्जनको हाराहारीमा उच्च सम्मान समेत पाएका छन्।

उनले नेपालमा रहेका हिमालहरूको प्रचारप्रसार गरी विश्वभरबाट आरोहण र घुम्न नेपाल आउने वातावरण बनेको बताए। विश्वभरबाट प्रख्यात र राजकीय सम्मान प्राप्त ब्यक्तिहरूलाई समेत चुचुरोमा पुराउने गरेका आरोही पूर्जाले सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुको आरोहण समेत  दुर्लभ कीर्तिमानी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध