नेभिगेशन
राजनीति

एनपी साउदले भने- ‘निर्वाचनका लागि पार्टी तयार भएको छैन’

काठमाडौँ- नेपाली काँग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् ।

आइतबार ललितपुरको सानेपामा जारी रहेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले वर्तमान राजनीतिक परिदृश्यमा काँग्रेसले संवेदनशील सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी संगठन कमजोर बन्दै गएकोसमेत बताए । 

उनले भने ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ। यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली काँग्रेसले स्पष्ट आवाज उठाउनुपर्छ।’

उनले आसन्न २०८४ को निर्वाचनलाई संकेत गर्दै पार्टी कुनै कोणबाट तयार नभएको बताए । ‘हेर्दाहेर्दै ०८४ पनि नजिक आइसकेको छ । तर, काँग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैर काँग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो’, उनले भने ।

साउदले संगठनात्मक कमजोरीतर्फ पनि ध्यानाकर्षण गराउँदै पार्टीको आधार तह कमजोर भएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति