नेभिगेशन
राजनीति

ओलीको कडा आलोचक बालेनले विद्या भण्डारी भेट्नुको अर्थ

काठमाडौं । राजनीतिमा सक्रिय भएको घोषणासँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक भेटवार्ता पनि बढाएकी छिन् । यसैबीच भण्डारीले गत बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छिन् ।

मेयर बालेननिकट स्रोतले बताए अनुसार, गत बिहीबार मेयर बालेनले भण्डारीको निजी निवास भंगालमै पुगेर भेट गरेका हुन् । एमालेकै एक नेताले मेयर बालेनलाई भण्डारीसँग भेटघाटको तारतम्य मिलाएका थिए ।

भेटवार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकाको पछिल्लोपटक भइरहेको विवादबारे चासो राखेकी थिइन् । उनले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसक्नुको कारणबारे पनि बालेनसँग सोधखोज गरेकी थिइन् ।

‘उहाँले खासगरी बजेटसँग सम्बन्धित रहेर केही कुराकानी गर्नुभयो,’ बालेन निकट ती सदस्यले भने, ‘बजेट ल्याउन भइरहेको असहजताबारे मेयर साबले पनि आफ्ना कुरा राख्नुभयो ।’

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति