नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीले स्पेन जाँदा मान्छे छाडेर आएको माओवादीका दिपशिखाको गम्भिर ‘आरोपित’ प्रश्न

काठमाडौं– नेकपा माओवादी केन्द्रका वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर प्रश्न खडा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत खडा गरेको प्रश्न भिजिट भिसा प्रकरणको बहस चलिरहेका बेला गम्भिर बन्न पुगेको हो।

दिपशिखाले लेखेका छन्,‘प्रधानमन्त्री जी तपाई स्पेन भ्रमणमा जाँदा केहि मानिसहरू लगेको र उतै छोडेर फर्किएको भन्ने आरोप छ। कति गएका र कति फर्केका हुन् जनतालाई जवाफ चाहियो! प्रधानमन्त्रिको भ्रमणमा समेत मानव तस्करीको आरोप लाग्नुजत्तिको लज्जा रास्ट्रका लागि अरू के हुन्छ र?’

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट रहेको र केन्द्रीय सदस्य तथा युवा फाँटको प्रमुख समेत भएकाले दिपशिखाको आरोप गम्भिर हो। 

एमालेका एक नेता भन्छन्,‘यदि यस्तो अफवाह फैलियो र प्रमाणित भएन भने राम्रो हुनेछैन।’
ii-1751778161.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति