नेभिगेशन
राजनीति

७० बर्ष र दुई कार्यकालको रडाको, एमाले सचिवालय बैठकमा के–के छन् एजेन्डा?

काठमाडौं– पछिल्लो समय पार्टी र सरकारमा दुई कार्यकालको समयसीमा तथा ७० बर्षको उमेरसीमाको विषयको चर्चा चलिरहेको नेकपा एमालेको सचिवालय बैठब बुधबार पार्टी कार्यालय च्यासलमा डाकिएको छ।

एमालेको विधान सम्मेलनको तिथि मिति तय तथा एजेन्डाका निम्ति सचिवालय बैठक डाकिएको बताइएको छ। यसबाहेक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुने विषयबारे पनि बैठकमा चर्चा हुनेछ।

एमालेमा खास र मूल मुद्दा बनेको उमेरसीमा र कार्यकालको व्यवस्थाबारे निर्णायक हुनेगरी विधान सम्मेलन गरिन्छ। त्यसका निम्ति मिति तय र तयारीका विषयमा कुराकानी हुने एक नेताले बताए। 

महाधिवेशनपूर्व एमालेमा विधान सम्मेलन गर्ने प्रचलन यसअघि नै थालिएको थियो। यसअघिको सम्मेलन ललितपुरको गोदाबारीमा भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

ओलीले तिरे एमालेको लेबी