नेभिगेशन
सुरक्षा–अपराध

सुत्केरी भाउजूको देवरद्वारा निर्मम हत्याः अनुसन्धान सफल बनाउने डीएसपीलाई पुरस्कार

धनगढी– कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्याको सफल अनुसन्धान गर्ने प्रहरी टिम पुरस्कृत हुने भएको छ।

कैलालीका प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाले उक्त हत्याको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको टिमलाई पुरस्कृत गरिने बताएका हुन्।

प्रहरीले नाथको हत्या गरेको अभियोगमा उनकै सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको थियो। हत्या आरोपी नाथलाई प्रहरीले सार्वजनिक गरेको थियो। डिएसपी चन्दको कमान्डमा खटिएको ९ जनाको प्रहरी टोलीले उक्त घटनाको अनुसन्धान गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध