नेभिगेशन
समाज विविध

उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन

काठमाडौँ- उदयपुरको रौतामाई गाउँपालिका-२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका-३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ ।

रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आज निधन भएको हो ।

सस्तै, ताप्ली गाउँपालिका-३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगाराज विकले बताए । उनी लामो समयदेखि बिरामी थिए । वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधनको शोकमा आज दुवै पालिकाले आफ्ना सबै सेवा बन्द गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध