नेभिगेशन
समाज विविध

युद्धग्रस्त इरानमा फँसेका नेपालीलाई भारतले उद्धार गर्ने, यी हुन् सम्पर्क गर्नुपर्ने नम्बरहरु

काठमाडौं– युद्धग्रस्त इरानमा फँसेका नेपालीलाई भारत सरकारले उद्धार गर्ने भएको छ। 

सामाजिक सञ्जाल एक्समा इरानस्थित भारतीय दूतावासले यस्तो जानकारी राखेको छ।

नेपालसँगै भारतले श्रीलङ्काका नागरिकहरूलाई पनि उद्धार गर्ने जानकारी दिइएको छ। 

नेपाल र श्रीलङ्काको सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासद्वारा सञ्चालन गरिएको उद्धार प्रयासमा अब नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई पनि समेटिने भारत सरकारले जनाएको हो।

यथासक्य चाँडो भारतीय दूतावाससँग सम्पर्क गर्न अनुरोध गर्दै टेलिग्राम च्यानल वा आपत्कालीन नम्बरहरू प्रयोग गर्न सकिनेछः +९८९०१०१४४५५७, +९८९१२८१०९११५ र +९८९१२८१०९१९ ।

इरानमा रहेका भारतीय नागरिकलाई उद्धारका लागि त्यहाँको सरकारले अपरेशन सिन्धु सुरु गरेको छ। अब नेपाली पनि अप्रेशन सिन्धुमा समेटिनेछन्। 

इरान र इजरायलबीच भिषण युद्ध जारी रहेको छ। त्यसकारण त्यहाँ रहेका मानिस अहिले तेहरान छाडिरहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध