नेभिगेशन
राजनीति

रास्वपा महामन्त्रीमा मुकुल ढकाल फिर्ता, निर्वाचन आयोगले अचम्मको निर्णय गरिदियो

काठमाडौँ- निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा. मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा. मुकुल ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोबारे सूचना माग गरेर निवेदन लेखेका थिए । त्यसको जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ लेखेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति