नेभिगेशन
राजनीति

ओलीको एलर्जी कालो–निलो

काठमाडौं– प्रतिनिधि सभामा सांसदले गरेको प्रश्नको जवाफको तयारी गरी सदन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभई फर्किए। 

उनले प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाउनका लागि सभामुख देवराज घिमिरेलाई भनेर निस्किए।

सदनमा रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणको बिरोधमा अवरोधमा छन्। 

अबरोधबीच पनि ओलीको उत्तर दिने मनसाय थियो। ‘अवरोध हुन्छ तैपनि जवाफ दिनेगरी जानुभएको थियो’, ओलीसन्निकट स्रोतले भन्यो,‘उहाँलाई अर्कै चिजले उभिन मन नलागेको हो।’

खासगरी ओली कालो र निलो रङ मन पराउँदैनन्। कालो बिरोधको प्रतीक हो भने निलो मानव तस्करीविरुद्धको ऐक्यवद्धताको। 

खासगरी रास्वपाका सांसदहरुले शुक्रबार कालो पहिरन र निलो स्कार्फ लगाएका थिए। 

यसअघि पनि ओली उपस्थित हुने कार्यक्रममा कालो बर्जित गरेका कयन उदाहरण छन्। कोभिडका समयमा ओलीकै कार्यक्रम भए पनि कालो मास्क लगाउन प्रतिबन्ध गरिएको थियो। 

त्यो घोषित नभए पनि ओली उपस्थित हुनु केही समयअघि सुरक्षा दस्ताले खोजी खोजी कालो मास्क फुकाल्नका लागि हप्काउने गर्दथे। 

स्रोतले भन्यो,‘प्रधानमन्त्री ओलीका लागि कालो र निलो एलर्जी जस्तै हो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति