नेभिगेशन
राजनीति

इजरायलसँग नडराउन इरानी जनतालाई खामेनीको अपिल

काठमाडौँ । इजरायलविरुद्धको जारी युद्धमा, सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानका जनतालाई नडराउन अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै शत्रुसँग डराएमा उनीहरुले नछोड्ने भन्दै खामेनीले लेखेका छन्, 'यदि शत्रुले तपाईं उनीहरूसँग डराउनुहुन्छ भने महसुस गरेभने, तिनीहरूले तपाईंलाई छोड्ने छैनन् । आजसम्म तपाईंले जस्तो शक्ति देखाउनु भएको छ, त्यसलाई कायम राख्नु होला ।'

इजरायललाई अमेरिकाको मित्र भन्दै खामेनीले उनीहरुले इरानको सरकारलाई कमजोर देखाएर जित हासिल गर्ने कोसिस गरिरहेको बताउदै यस युद्धमा आफुहरुको जित हुने बताएका छन् ।

यस अघि बुधबार पनि खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ दिदै इरानले आत्मसमर्पण नगर्ने बताएका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति