नेभिगेशन
राजनीति

कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले दिएको धम्कीसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले दिएको धम्कीसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोलेका पाण्डेले लामो छलफल र बहसपछि सदनमा आइपुगेको निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हटाउन नहुने बताएका हुन् ।

‘कुलिङ पिरियड नअटाए २५ सचिवले राजीनामा दिन्छौँ भन्दै प्रधानमन्त्रीलाई धम्क्याएको सुनिएको छ । प्रधानमन्त्री त्यस्ता धम्कीको दबाबमा आउनु हुँदैन । २५ सचिवले राजीनामा दिए २५ सहसचिवले नयाँ जिम्मेवारी पाउँछन्,’ सांसद पाण्डेले भने, ‘सरकार धम्कीसँग नडराओस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति