नेभिगेशन
राजनीति

माधव नेपालको पार्टी सांसदले सदन बैठकमा च्यातिदिए बजेट पुस्तिका

काठमाडौं– प्रतिनिधि सभाको विहीबारको बैठकमा एक जना सांसदले बजेट पुस्तिका च्यातेका छन्।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्यातेका हुन्। 

उनले भौतिक मन्त्रालयको बजेट र समग्र बजेट नै उल्टो बाटोमा हिँडिरहेको भन्दै पुस्तक च्याते।

भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न नसकेको बताएका उनले भने, ’बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन। च्यात्ने अनुमति लिएर च्यातेँ धन्यवाद।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति