नेभिगेशन
राजनीति

सभापति देउवाद्वारा पूर्वमन्त्री शास्त्रीप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गरेका छन् । 

बुधबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाले शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धान्जली दिएका थिए । उनले शास्त्रीको पार्थिव शरीरमा काँग्रेसको झन्डा ओढाएका थिए ।  

शास्त्रीको पार्थिव शरीरलाई कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धान्जलीका लागि राखिएको थियो । कांग्रेस नेता शास्त्रीको सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति