नेभिगेशन
पुँजी बजार

नेप्सेमा सामान्य गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ । आज नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका एक करोड ६४ लाख ७७५ कित्ता शेयर ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज पियोर पावरको सेयर मुल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने बुटवल पावरको शेयर मुल्य ७.७३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी गार्डीयन माइक्रो लाइफ इन्सुरेन्सको शेयर मुल्य ४.६२ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ७४ करोड ९६ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्